कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा ताप्लेजुङका पत्रकारद्वारा प्रशासनमा धर्ना



साहारा लिम्बू
ताप्लेजुङ, भदौ १२ गते ।
कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा ताप्लेजुङका पत्रकारहरूले धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको गेटमा एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा पत्रकारहरूले ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ नारा लेखिएको ब्यानर राखेका थिए ।

कोशी प्रदेश सरकारले आम सञ्चार नीति बनाउँदा पत्रकारहरूको मर्म भावना विपरीत सञ्चार विधेयक दर्ता भएको साथै पत्रकारहरूलाई सूचना प्रवाह गर्नेमा अङ्कुश लगाउन खोजिएको प्रति घोर आपत्ति रहेको नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे देखि मध्यान्ह १२ बजे सम्म एक घण्टा जिल्लाका पत्रकारहरू धर्नामा बसेका थिए ।

प्रकाशित मिति : 2:21 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा