कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा ताप्लेजुङका पत्रकारद्वारा प्रशासनमा धर्ना



साहारा लिम्बू
ताप्लेजुङ, भदौ १२ गते ।
कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा ताप्लेजुङका पत्रकारहरूले धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको गेटमा एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा पत्रकारहरूले ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ नारा लेखिएको ब्यानर राखेका थिए ।

कोशी प्रदेश सरकारले आम सञ्चार नीति बनाउँदा पत्रकारहरूको मर्म भावना विपरीत सञ्चार विधेयक दर्ता भएको साथै पत्रकारहरूलाई सूचना प्रवाह गर्नेमा अङ्कुश लगाउन खोजिएको प्रति घोर आपत्ति रहेको नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे देखि मध्यान्ह १२ बजे सम्म एक घण्टा जिल्लाका पत्रकारहरू धर्नामा बसेका थिए ।

प्रकाशित मिति : 2:21 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको