सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण



ताप्लेजुङ, भदौ ९ गते । नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

आइएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७ ९युएनड्रिप०लाई तत्काल कानून बनाई आदिवासीहरूको पक्षमा लागू गर्नुपर्ने अदालतको फैसला कार्यान्वयनका लागि महासङ्घले ध्यानाकर्षण गराएका हो ।

अदालतले गत जेठ २२ गते आइएलओ १६९ र युएनड्रिपलाई तत्काल कानुन बनाई आदिवासीहरूको पक्षमा फैसला गरि तीनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त आदेशको अवगत गराउँदै महासङ्घ र महासङ्घ मातहतका विभिन्न १२ जातीय संस्थाले सामूहिक रुपमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अदालतको निर्देशनात्मक आदेशको पूर्ण पालना गर्दै आइएलओ १६९ र युएनड्रिपको अधिकारहरूको संरक्षण गर्न कानुन बनाएर कार्यान्वयनको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण पत्रमार्फत माग गरेका छन् ।

समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, आत्म निर्णायक अधिकार, स्वशासनको अधिकार, प्राकृतिक श्रोत साधनहरु माथिको अधिकार, पहिचानको अधिकार, भूमिमाथिको अधिकार स्वतन्त्र पूर्व जानकारी सहितको अधिकारलाई नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ मा आधारित रहेर कानून निर्माण गरि कार्यान्वयनको पहल कदमी सुरु गर्न अनुरोध गरेका हुन् ।

ध्यानाकर्षण पत्र महासङ्घ सहित किराँत याक्थुङ चुम्लुङ, तमु ह्युल छोँजधी, नेपाल तामाङ घेदुङ, नेपाल भाषा तथा सांस्कृतिक समाज, तोक्पे गोला सेवा समाज, भुजेल सेवा समाज, सुनुवार सेवा समाज, वालुङ उत्थान समाज, किराँत राई या याख्खा, याक्खा छुम्मा, नेपाल मगर संघ र नेपाल शेर्पा सङ्घले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रकाशित मिति : 2:19 pm

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ