सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण



ताप्लेजुङ, भदौ ९ गते । नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

आइएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७ ९युएनड्रिप०लाई तत्काल कानून बनाई आदिवासीहरूको पक्षमा लागू गर्नुपर्ने अदालतको फैसला कार्यान्वयनका लागि महासङ्घले ध्यानाकर्षण गराएका हो ।

अदालतले गत जेठ २२ गते आइएलओ १६९ र युएनड्रिपलाई तत्काल कानुन बनाई आदिवासीहरूको पक्षमा फैसला गरि तीनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त आदेशको अवगत गराउँदै महासङ्घ र महासङ्घ मातहतका विभिन्न १२ जातीय संस्थाले सामूहिक रुपमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अदालतको निर्देशनात्मक आदेशको पूर्ण पालना गर्दै आइएलओ १६९ र युएनड्रिपको अधिकारहरूको संरक्षण गर्न कानुन बनाएर कार्यान्वयनको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण पत्रमार्फत माग गरेका छन् ।

समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, आत्म निर्णायक अधिकार, स्वशासनको अधिकार, प्राकृतिक श्रोत साधनहरु माथिको अधिकार, पहिचानको अधिकार, भूमिमाथिको अधिकार स्वतन्त्र पूर्व जानकारी सहितको अधिकारलाई नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ मा आधारित रहेर कानून निर्माण गरि कार्यान्वयनको पहल कदमी सुरु गर्न अनुरोध गरेका हुन् ।

ध्यानाकर्षण पत्र महासङ्घ सहित किराँत याक्थुङ चुम्लुङ, तमु ह्युल छोँजधी, नेपाल तामाङ घेदुङ, नेपाल भाषा तथा सांस्कृतिक समाज, तोक्पे गोला सेवा समाज, भुजेल सेवा समाज, सुनुवार सेवा समाज, वालुङ उत्थान समाज, किराँत राई या याख्खा, याक्खा छुम्मा, नेपाल मगर संघ र नेपाल शेर्पा सङ्घले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रकाशित मिति : 2:19 pm

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा