कक्षा ११, १२ सञ्चालन गर्न लिङ्तेपको लक्ष्मी माविमा २३ लाख बढी सहयोग रकम जुट्यो 



ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ९४, लिङ्तेपमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा २३ लाख रुपियाँ बढी सहयोग रकम जुटेको छ । कक्षा ११ र १२ सञ्चालन गर्नका लागि २३ लाख ३२ हजार ५ सय ३७ रुपियाँ सहयोग रकम जुटेको हो । 

उक्त रकम दाताहरूबाट सहयोग आएको प्रधानाध्यापक राज कुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्तेपबासी, सोही ठाउँको सङ्घ संस्था र समाजसेवीहरुबाट सहयोग रकम प्राप्त भएको हो । सङ्कलित रकम बैँकमा मौज्दात रहेको छ । 

उक्त रकमको ब्याजबाट २ जना शिक्षकलाई सेवा सुविधा उपलब्ध गराइने गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा गत वर्षबाट कक्षा ११ र १२ सञ्चालनमा आएको हो । 

यस अघि उक्त वडाका विद्यार्थीहरु कक्षा ११ र १२ अध्ययन गर्न मेरिङ्दोन–५ थुकिमाको त्रिभूवन माध्यमिक बिद्यालय र सदरमुकाम फुङलिङ जानुप पर्ने बाध्यता रहको थियो । लिङ्तपबाट त्रिभुवन माध्यमिक विद्यालय पुग्न हिडेर ४५ मिनेट लाग्छ भने फुङलिङ पुग्न सावारी साधनबाट ४ घण्टा लाग्द छ । 

अहिले आफ्नै वडामा कक्षा ११ र १२ पढ्न पाउँदा त्यहाँका बिद्यार्थीहरु खुसी छन् । हाल कक्षा १२ मा २३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा ११ को भर्ना अभियान सुरु भएको छैन । 

प्रकाशित मिति : 10:13 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर