कक्षा ११, १२ सञ्चालन गर्न लिङ्तेपको लक्ष्मी माविमा २३ लाख बढी सहयोग रकम जुट्यो 



ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ९४, लिङ्तेपमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा २३ लाख रुपियाँ बढी सहयोग रकम जुटेको छ । कक्षा ११ र १२ सञ्चालन गर्नका लागि २३ लाख ३२ हजार ५ सय ३७ रुपियाँ सहयोग रकम जुटेको हो । 

उक्त रकम दाताहरूबाट सहयोग आएको प्रधानाध्यापक राज कुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्तेपबासी, सोही ठाउँको सङ्घ संस्था र समाजसेवीहरुबाट सहयोग रकम प्राप्त भएको हो । सङ्कलित रकम बैँकमा मौज्दात रहेको छ । 

उक्त रकमको ब्याजबाट २ जना शिक्षकलाई सेवा सुविधा उपलब्ध गराइने गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा गत वर्षबाट कक्षा ११ र १२ सञ्चालनमा आएको हो । 

यस अघि उक्त वडाका विद्यार्थीहरु कक्षा ११ र १२ अध्ययन गर्न मेरिङ्दोन–५ थुकिमाको त्रिभूवन माध्यमिक बिद्यालय र सदरमुकाम फुङलिङ जानुप पर्ने बाध्यता रहको थियो । लिङ्तपबाट त्रिभुवन माध्यमिक विद्यालय पुग्न हिडेर ४५ मिनेट लाग्छ भने फुङलिङ पुग्न सावारी साधनबाट ४ घण्टा लाग्द छ । 

अहिले आफ्नै वडामा कक्षा ११ र १२ पढ्न पाउँदा त्यहाँका बिद्यार्थीहरु खुसी छन् । हाल कक्षा १२ मा २३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा ११ को भर्ना अभियान सुरु भएको छैन । 

प्रकाशित मिति : 10:13 am

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ