वडाध्यक्ष सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग



सौगात विष्ट 
ताप्लेजुङ, भदौ ८ गते ।
नेकपा एमाले ताप्लेजुङले आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीका वडाध्यक्ष टिकेन्द्र सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।

वडाध्यक्ष सेन्दाङमाथि भदौ ७ मा पार्टीको जिल्ला बैठक सकेर फर्किने क्रममा फुङ्लिङ बजारको तोक्मे डाँडामा केही समूहले आक्रमण गरेका थिए । सो आक्रमणबाट गम्भीर घाइते हुनुभएका सेन्दाङ हाल झापास्थित बीएनसी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बो, केन्द्रीय कमिटी सदस्य टङ्क आङ्बुहाङसहित एमाले पार्टीका नेतृत्वकर्ताहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मलेनमा उहाँहरूले सो घटना योजनाबद्ध रुपमा भएको बताउनुभएको छ ।

यस्तै वडाध्यक्ष सेन्दाङमाथि भएको आक्रमण प्रति प्रतिनिधि सभा सदस्य, एमाले केन्द्रीय सचिव साथै पुर्व मन्त्री योगेश भट्टराईले गम्भीर आपत्ति जनाउनुभएको छ । भट्टराईले आज गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको हो ।

 नेता भट्टराईले सार्वजनिक स्थलमा जनप्रतिनिधि माथि भएको कुटपिटले शान्ति सुरक्षामा गम्भीर चुनौती परेको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गर्नुभएको छ । साथै घाइतेलाई उपचारको ब्यवस्था मिलाउन पनि सरकार समक्ष माग गर्नुभएको छ ।
यसैबीच ताप्लेजुङमा रहेका प्रत्येक पालिकाको कमिटीले पनि आपत्ती जनाउदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : 8:58 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा