वडाध्यक्ष सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग



सौगात विष्ट 
ताप्लेजुङ, भदौ ८ गते ।
नेकपा एमाले ताप्लेजुङले आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीका वडाध्यक्ष टिकेन्द्र सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।

वडाध्यक्ष सेन्दाङमाथि भदौ ७ मा पार्टीको जिल्ला बैठक सकेर फर्किने क्रममा फुङ्लिङ बजारको तोक्मे डाँडामा केही समूहले आक्रमण गरेका थिए । सो आक्रमणबाट गम्भीर घाइते हुनुभएका सेन्दाङ हाल झापास्थित बीएनसी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बो, केन्द्रीय कमिटी सदस्य टङ्क आङ्बुहाङसहित एमाले पार्टीका नेतृत्वकर्ताहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मलेनमा उहाँहरूले सो घटना योजनाबद्ध रुपमा भएको बताउनुभएको छ ।

यस्तै वडाध्यक्ष सेन्दाङमाथि भएको आक्रमण प्रति प्रतिनिधि सभा सदस्य, एमाले केन्द्रीय सचिव साथै पुर्व मन्त्री योगेश भट्टराईले गम्भीर आपत्ति जनाउनुभएको छ । भट्टराईले आज गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको हो ।

 नेता भट्टराईले सार्वजनिक स्थलमा जनप्रतिनिधि माथि भएको कुटपिटले शान्ति सुरक्षामा गम्भीर चुनौती परेको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गर्नुभएको छ । साथै घाइतेलाई उपचारको ब्यवस्था मिलाउन पनि सरकार समक्ष माग गर्नुभएको छ ।
यसैबीच ताप्लेजुङमा रहेका प्रत्येक पालिकाको कमिटीले पनि आपत्ती जनाउदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : 8:58 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने