तेस्रो ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङलाई 



ताप्लेजुङ, भदौ ८ गते । तेस्रो ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले हात पारेको छ । फक्ताङलुङ गाउँपालिकालाई २–१ गो अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिकाले उपाधि हात पारेको हो । 

ताप्लेजुङ सरोकार केन्द्रको स्थापना दिवसको अवसरमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा ताप्लेजुङका विभिन्न पालिकाका १६ टिमको सहभागिता रहेको थियो ।  विजेता  फुङलिङ नगरपालिकाले नगद एक लाख रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै  उपविजेता बन्न सफल फक्ताङलुङ  गाउँपालिका नगद ५० हजार रुपियाँ सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्‍यो । 

विजेता र उप विजेतालाई  प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले नगद पुरस्कार तथा टफी वितरण गर्नु भएको थियो । विधागत तर्फ फुङलिङ नगरपालिका ‘बी’ का अरुण प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्न सफ हुनुभयो । यस्तै फक्ताङलुङ  गाउँपालिकाका अर्जुन लिम्बू प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । 

उहाँहरूलाई जनही ५–५ हजार रुपियाँ र ट्रफी प्रदान गरिएको छ । त्यस्तै अनुशासित टोलीका रुपमा प्रतियोगिताको फेयर प्ले पुरस्कार आठराई त्रिवेणी गाउँपालिकाले प्राप्त गरेको छ । आठराई त्रिवेणीलाई नगद १० हजार रुपियाँ प्रदान गरिएको छ ।  

प्रकाशित मिति : 6:59 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा