आठराई त्रिवेणीका वडा अध्यक्ष सेन्दाङ माथि आक्रमण, थप उपचारका लागि जिल्ला बाहिर रेफर



ताप्लेजुङ, भदौ ८ गते । आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीका वडा अध्यक्ष माथि आक्रमण भएको छ । शनिबार बेलुकी वडा अध्यक्ष टेकिन्द्र सेन्दाङ माथि आक्रमणमा भएको हो । 

आक्रमण पछि घाइते हुनुभएका सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष सेन्दाङको टाउको सहित शरीरका बिभिन्न भागमा चोट रहेको छ । 

घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा सेन्दाङ माथि फुङ्लिङ बजारको तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको समूहले आक्रमण गरेको स्रोतको दावी छ । प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य जारी राखिएको बताएको छ । 

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ । वडा अध्यक्ष सेन्दाङ नेकपा एमाले ताप्लेजुङका जिल्ला सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : 6:36 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ