आठराई त्रिवेणीका वडा अध्यक्ष सेन्दाङ माथि आक्रमण, थप उपचारका लागि जिल्ला बाहिर रेफर



ताप्लेजुङ, भदौ ८ गते । आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीका वडा अध्यक्ष माथि आक्रमण भएको छ । शनिबार बेलुकी वडा अध्यक्ष टेकिन्द्र सेन्दाङ माथि आक्रमणमा भएको हो । 

आक्रमण पछि घाइते हुनुभएका सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष सेन्दाङको टाउको सहित शरीरका बिभिन्न भागमा चोट रहेको छ । 

घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा सेन्दाङ माथि फुङ्लिङ बजारको तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको समूहले आक्रमण गरेको स्रोतको दावी छ । प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य जारी राखिएको बताएको छ । 

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ । वडा अध्यक्ष सेन्दाङ नेकपा एमाले ताप्लेजुङका जिल्ला सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : 6:36 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा