स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मैवाखोला प्रथम



साहारा लिम्बू
ताप्लेजुङ, भदौ ७ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । जिल्लाको नौ पालिकामध्ये मैवाखोला गाउँपालिका प्रथम भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजा अनुसार मैवाखोला गाउँपालिकाले ७९.५० अंक प्राप्त गरेको छ । जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङले ५९.७५ अंक प्राप्त गरेको छ ।

यस्तै, मेरिङ्देन गाउँपालिकाले ७८.५०, पाथीभरा यङ्वरक गाउँपालिकाले ७६.७५, मिक्वाखोला गाउँपालिकाले ७५.५०, सिरिजंगा गाउँपालिकाले ७१.२५, फक्ताङ्लुङ गाउँपालिकाले ६६.७५, आठराई त्रिवेणी गाउँपालिकाले ६३ र सिदिङ्वा गाउँपालिकाले ५३.७५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

प्रकाशित मिति : 6:32 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले