साहारा लिम्बू
ताप्लेजुङ , भदौ ७ गते । तमोर महिला कृषि सहकारी संस्था लिमिटेडको खुद नाफा २१ लाख २९ हजार रुपियाँ बढी रहेको छ । संस्थाले १६ औं साधारण सभा मार्फत सार्वजनिक गरिएको तथ्याङ्क अनुसार खुद नाफा २१ लाख २९ हजार ५२१ रुपियाँ रहेको छ ।
संस्थामा भएको सम्पूर्ण खर्च कटाई गरी २१ लाख २९ हजार बढि खुद नाफा आर्जन भएको संस्थाकी कोषाध्यक्ष इन्दिरा घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल आम्दानी ५० लाख ३७ हजार ३१४ रुपियाँ रहेको छ ।
यस्तै कुल खर्च २६ लाख ७१ हजार १७९ रुपियाँ रहेको छ । वि.सं. २०६७ सालमा स्थापना भएको उक्त संस्थाको सेयर सदस्य सङ्ख्या ६०० जान पुगेको छ । जसमा सबै महिला सदस्य मात्र रहेको संस्थाका अध्यक्ष निता सिँवाले बताउँनुभयो ।
संस्थामा बाल बचत कर्तामा ३१० जना हुनुहुन्छ । शुक्रबार फुङ्लिङ बजारमा सम्पन्न भएको १६ औं साधारण सभा मार्फत संस्थाले गरेका प्रगतिहरू र आगामी दिनमा गरिने योजनाहरूको बारे पनि जानकारी गराइएको थियो ।
ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष टामन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा महला नेतृ साथै विभिन्न सङ्घ संस्थाका महिला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया