तमोर महिला कृषि सहकारीको नाफा २१ लाख २९ हजार बढी



साहारा लिम्बू

ताप्लेजुङ , भदौ ७ गते । तमोर महिला कृषि सहकारी संस्था लिमिटेडको खुद नाफा २१ लाख २९ हजार रुपियाँ बढी रहेको छ । संस्थाले १६ औं साधारण सभा मार्फत सार्वजनिक गरिएको तथ्याङ्क अनुसार खुद नाफा २१ लाख २९ हजार ५२१ रुपियाँ रहेको छ ।

संस्थामा भएको सम्पूर्ण खर्च कटाई गरी २१ लाख २९ हजार बढि खुद नाफा आर्जन भएको संस्थाकी कोषाध्यक्ष इन्दिरा घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल आम्दानी ५० लाख ३७ हजार ३१४ रुपियाँ रहेको छ ।

यस्तै कुल खर्च २६ लाख ७१ हजार १७९ रुपियाँ रहेको छ । वि.सं. २०६७ सालमा स्थापना भएको उक्त संस्थाको सेयर सदस्य सङ्ख्या ६०० जान पुगेको छ । जसमा सबै महिला सदस्य मात्र रहेको संस्थाका अध्यक्ष निता सिँवाले बताउँनुभयो ।

संस्थामा बाल बचत कर्तामा ३१० जना हुनुहुन्छ । शुक्रबार फुङ्लिङ बजारमा सम्पन्न भएको १६ औं साधारण सभा मार्फत संस्थाले गरेका प्रगतिहरू र आगामी दिनमा गरिने योजनाहरूको बारे पनि जानकारी गराइएको थियो ।

ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष टामन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा महला नेतृ साथै विभिन्न सङ्घ संस्थाका महिला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:22 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन