ताप्लेजुङका सीडीओ शर्माको सरुवा, सेढाइ आउँदै



ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  नेत्रप्रसाद शर्माको सरुवा भएको छ । प्रजिअ शर्माको गृहमा सरुवा भएको हो । 

 अब ताप्लेजुङमा नयाँ प्रजिअको रुपमा शिवराज सेढाइ आउने हुनु भएको छ ।  सरकारले काठमाडौँसहित १३ जिल्लाको प्रजिअको हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौंको सिडिओमा छविलाल रिजाललाई सरुवा गरेको हो। काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालयमा तानिएको छ।

 त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सिडिओ हेरफेर गरेको हो । ती जिल्लामा रहेका सिडिओहरू अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ।

 त्यस्तै गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सिता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सिडिओ बनाइएको छ ।

प्रकाशित मिति : 6:01 am

विश्व वातावरण दिवसमा नागी पाखामा वृक्षरोपण

ताप्लेजुङ, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा मेरिङदेन

युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको

दलित पत्रकार तथा उत्कृष्ट विद्यार्थी सम्मानित

ताप्लेजुङ, जेठ २३ गते । २० औँ जातीय भेदभाव तथा

फागो चोङ्बाङ परिवारद्वारा सायम्वाहाङ धर्मशाला पार्टी पुन निर्माण

ताप्लेजुङ्, जेठ २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सायम्वाहाङ

हुरीबतासका कारण तीन लाखको क्षति

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका