पाथीभरा क्षेत्र विकास समितिद्वारा ताप्लेजुङका दुई पत्रकार सहित विभिन्न व्यक्तित्वहरू सम्मानित



ताप्लेजुङ, भदौ १ गते । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकार सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । समितिले पाथीभरा क्षेत्र विकास समिति स्थापना, विभिन्न माध्यमबाट पाथीभराको प्रबर्द्धन र विकासमा सहयोग पु¥याउनेलाई सम्मान गरेको हो । 

आज सम्पन्न भएको क्षेत्र विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा मार्फत उहाँहरूलाई सम्मान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । उहाँका अनुसार जिल्लका पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष, उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

यस्तै फुरुम्बो रेडियो नेपाल पत्रकार महासङ्घका सचिव साथै रेडियो तमोरका स्टेसन मेनेजर हुनुहुन्छ । उहाँहरूलाई समाचार मार्फत पाथिभरा मन्दिरको प्रचार प्रसार गरेको भन्दै सम्मान गरिएको हो । यस्तै सम्मानित हुनेमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा रहनुभएको छ । त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा सङ्गीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्मानित हुनुभएको छ ।

 सम्मानित हुनेलाई दोसल्ला साथै कदरपत्र प्रदान गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरू उठाएका थिए ।

सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : 7:01 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय