पाथीभरा क्षेत्र विकास समितिद्वारा ताप्लेजुङका दुई पत्रकार सहित विभिन्न व्यक्तित्वहरू सम्मानित



ताप्लेजुङ, भदौ १ गते । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकार सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । समितिले पाथीभरा क्षेत्र विकास समिति स्थापना, विभिन्न माध्यमबाट पाथीभराको प्रबर्द्धन र विकासमा सहयोग पु¥याउनेलाई सम्मान गरेको हो । 

आज सम्पन्न भएको क्षेत्र विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा मार्फत उहाँहरूलाई सम्मान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । उहाँका अनुसार जिल्लका पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष, उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

यस्तै फुरुम्बो रेडियो नेपाल पत्रकार महासङ्घका सचिव साथै रेडियो तमोरका स्टेसन मेनेजर हुनुहुन्छ । उहाँहरूलाई समाचार मार्फत पाथिभरा मन्दिरको प्रचार प्रसार गरेको भन्दै सम्मान गरिएको हो । यस्तै सम्मानित हुनेमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा रहनुभएको छ । त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा सङ्गीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्मानित हुनुभएको छ ।

 सम्मानित हुनेलाई दोसल्ला साथै कदरपत्र प्रदान गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरू उठाएका थिए ।

सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १९:०१

पाथीभरा क्षेत्र विकास समितिद्वारा ताप्लेजुङका दुई पत्रकार सहित विभिन्न व्यक्तित्वहरू सम्मानित

ताप्लेजुङ, भदौ १ गते । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका

जिल्लामा आएको ठूला विकासका कार्यहरू रोक्नु हुँदैन : योगेश भट्टराई

साहारा लिम्बूताप्लेजुङ, भदौ १ गते । नेकपा एमालेका केन्द्रीय सचिव

साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ १ गते । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा

ताप्लेजुङ गोल्ड कपको सर्वोकृष्ट खेलाडी बन्न सफल सलहेशका छिरिङ गुरुङलाई यमाहाको बाइक 

 साहारा लिम्बूताप्लेजुङ , साउन ३१ गते । अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लबलाई 

साहारा लिम्बूताप्लेजुङ, साउन ३१ गते । अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ