जिल्लामा आएको ठूला विकासका कार्यहरू रोक्नु हुँदैन : योगेश भट्टराई



साहारा लिम्बू
ताप्लेजुङ, भदौ १ गते ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले जिल्लामा आएको ठूला विकासका कार्यहरू रोक्न नहुने बताउनुभएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

पूर्व मन्त्री समेत रहनुभएका भट्टराईले विकासको कार्यमा निजी क्षेत्रको संलग्नतालाई सबैले मिलेर सहजीकरण गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो चाहे हाइड्रोको कुरा होस या केबलकारको होस हामी सबै मिलेर सहजीकरण गर्नुपर्छ ।”

यस्तै विकासका कार्यमा जातीय रङ्ग दिएर, पहिचानको रङ्ग दिएर, राजनीतिको रङ्ग दिएर अवरोध गर्न नहुने उहाँको भनाई छ । “हामी जनताको पक्षमा छौँ नागरिकको पक्षमा छौँ । निजी क्षेत्रका योजनाहरू आए पनि त्यहाँको नागरिकहरूको अधिकार कुण्ठित हुन नदिने दायित्व हाम्रो भएकाले नागरिकको अधिकार खोस्न दिने छैनौँ ।” उहाँले भन्नुभयो ।

तर, जिल्लामा निजी क्षेत्रबाट आएका ठूला आयोजनाहरूलाई विभिन्न बहानामा रोक्न नहुने उहाँको भनाइ छ । यस्तै पहिचानको नाममा, लेनदेनको नाममा बार्गेनिङ गरेर विकासको कार्यलाई रोक्न नहुने पनि बताउनुभयो ।

यो सँगै अब भदौ र असोज महिना भित्रै ठेक्काको प्रक्रिया सुरु गरिने बताउनुभएको छ । विगतको समयमा आर्को वर्ष लाग्दा बल्ल ठेक्काका प्रक्रिया हुने अनि काम ढिलो हुने भएकाले धेरै विकासका कार्यहरू सम्पन्न हुन नसकेका कारण अब भदौ र असोज महिनामा नै ठेक्काको प्रक्रिया सुरु गर्ने कार्यमा सरकार अघि बढेको उहाँको भनाई छ ।

अबको दिनमा जस्तो सुकै आयोजना होस भदौ असोज भित्रै ठेक्काको प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार अब काम नगर्ने ठेक्का रद्द हुने वर्षौंसम्म काम नगरी ठाउँ ओगटेर बस्ने कम्पनीहरू कालो सुचीमा पर्नेछन् ।

यतिबेला ताप्लेजुङमा दुई ठूला आयोजनामा विरोध भइरहेको छ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा निर्माण भइरहेको केबलकार र जिल्लाकै सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना अप्पर तमोर हाइड्रोपावरको निर्माण कार्य रोक्न बन्दै विरोध भइरहेको छ । विषेश गरि त्यहाँका स्थानीयहरुको मुन्धुमी क्षेत्र अतिक्रमण भएको र पहिचान मेटिने भन्दै विरोध भइरहेका हुन् । 

प्रकाशित मिति : 11:40 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका