ताप्लेजुङ गोल्ड कप : आज उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै



साहारा लिम्बू
ताप्लेजुङ, साउन ३१ गते ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सलहेश प्रतिस्पर्धा गर्ने भएका छन् । आज हुने फाइन खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुने भएको हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

यस्तै बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै उपाधिका लागि चर्च ब्वाइजसँग भेट पक्का गरेको हो । यस अघि पाथिभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको उपाधि चुमिसकेको चर्च ब्वाइज यो पटकको उपाधि आफ्नो पोल्टामा पर्ने दाउमा छ ।

यस्तै ताप्लेजुङ गोल्ड कपको दोस्रो संस्करणमा उपविजेतामा चित्त बुझाउन बाध्य सहलेश यो पटक उपाधिका लागि अघि बढ्ने रणनीतिमा रहेको छ । लाखेजात्रा पर्वको अवसरमा सञ्चालन गरिएको गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 6:25 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि