ताप्लेजुङ गोल्ड कप : झापालाई पराजित गर्दै सलहेश फाइनलमा प्रवेश 



साहारा लिम्बू 
ताप्लेजुङ, साउन २९ गते ।
फुङ्लिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपमा सलहेश युवा क्लब फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै सहलेश युवा क्लब सिराहा फाइनलमा प्रवेश गरेको हो । 

यो सँगै सहलेशले अब शनिबार हुने फाइनलमा चर्च ब्वाइज क्लब ललितपुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । विहीबार भएको खेलमा सहलेशका युसुफ मलिकले खेलको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ४८ औं मिनेटमा फेरी सहलेशका युसुफले नै दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभएको हो । 

यस अघि सहलेशले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० र झापाले सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेका थिए । उता फाइनलमा प्रवेश गरिसेका ललितपुरले भारतको लिजेन्ड फुटबल एकेडेमीलाई १–० पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने बुधबार भएको सेमिफाइनल खेलमा द योङ ब्रदर्श फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।


 

प्रकाशित मिति : 5:25 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा