गएराति देशैभर वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ । देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको हो ।

पछिल्लो ६ घण्टामा झापामा ८० दशमलव ४ मिलिमिटर, उदयपुरमा पनि ६६ दशमलव ८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको डोटीमा पनि ठूलो पानी परेको छ ।

त्यस्तै इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

पानीको सतह बढ्दै जाँदा सुनसरीको सार्दु खोला र इलामको माई खोला सतर्कता तह पार गरिसकेका छन् ।

झापाको अनारमनी बिर्तामा ठूलो वर्षा भएपछि स–साना खोलामा बहाव बढेको छ । नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार ०६:३१

फोनिज ताप्लेजुङमा समाजसेवी लिम्बूद्वारा डेढ लाख बढीको अक्षयकोष स्थापना

ताप्लेजुङ, साउन २८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ

गएराति देशैभर वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी

ताप्लेजुङ गोल्ड कप : फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइज भिड्दै

ताप्लेजुङ साउन २८ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण

ताप्लेजुङ गोल्डकप : फराकिलो गोल अन्तरले सलहेशसँग पाँचथर पराजित, सेमिफाइनलको समीकरण पुरा

साहारा लिम्बूताप्लेजुङ, साउन २७ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : आज पाँचथर र सलहेश युवा क्लब भिड्दै

ताप्लेजुङ, साउन २७ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण