गएराति देशैभर वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ । देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको हो ।

पछिल्लो ६ घण्टामा झापामा ८० दशमलव ४ मिलिमिटर, उदयपुरमा पनि ६६ दशमलव ८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको डोटीमा पनि ठूलो पानी परेको छ ।

त्यस्तै इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

पानीको सतह बढ्दै जाँदा सुनसरीको सार्दु खोला र इलामको माई खोला सतर्कता तह पार गरिसकेका छन् ।

झापाको अनारमनी बिर्तामा ठूलो वर्षा भएपछि स–साना खोलामा बहाव बढेको छ । नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 6:31 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था