ताप्लेजुङ गोल्डकप : फराकिलो गोल अन्तरले सलहेशसँग पाँचथर पराजित, सेमिफाइनलको समीकरण पुरा



साहारा लिम्बू
ताप्लेजुङ, साउन २७ गते ।
फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा पाँचथर सलहेश युवा क्लबसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लब सलहेश युवा क्लब सिराहासँग ६–० गोल अन्तरले पराजित भएको हो ।

जित पछि सहलेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ । अज भएको अन्तिम क्वाटर फाइनल खेलमा खेलको ५ औं मिनेटमा नै सहलेशका सोदिया आदमले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको थियो ।

यस्तै खेलको ३५ औं मिनेटमा सहलेशकै सुजित बुढाथोकीले टिमका लागि दोस्रो गोल गर्नुभएको थियो भने, खेलको ३७ औं मिनेटमा सहलेशकै युसुफ मलिकले गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्‍याउनु भएको थियो ।

साथै खेलको ४२ औं मिनेटमा पाँचथरका खेलाडीबाट आफ्नै पोसमा आत्मघाति गोल हुन पुगेको थियो । यस्तै खेलको ६६ औं मिनेटमा सहलेशका युसुफ मलिकले नै फेरी दोस्रो गोल गर्नुभयो । खेलको ८० औं मिनेटमा सहलेशका मोहित गुरुङले गोल गर्दै टिमलाई ६–० को अग्रता दिलाउन सफल हुनुभएको हो ।

यो सँगै बुधबार हुने पहिलो सेमिफाइनल खेलमा द योङ ब्रदर्श क्लब सुनसरी र चर्च ब्वाइज क्लब ललितपुर प्रतिस्पर्धा गर्दै छ । भने सहलेशले बिहीबार दोस्रो सेमिफानलका लागि रेड स्टार फुटबल क्लब झापा सँग भेट पक्का गरेको छ ।
सहलेश गत वर्षको उपविजेता बनेको थियो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित आठ टिम सहभागी भएको प्रतियोगिताको फाइनल आगामी शनिबार (साउन ३१ गते) हुनेछ ।

गोल्डकपको उपाधि चुम्ने टिमले नगद सात लाख दुई हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता बन्ने टिमलाई नगद तीन लाख ५० हजार बयासी रुपियाँ प्रदान गरिने समितिले जनाएको छ ।

खेलको सर्वोकृष्टलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीले समेत उचित नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 5:43 pm

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम