ताप्लेजुङ गोल्ड कप : झापा सँग सहारा क्लब पोखरा पराजित 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा पोखराको सहारा क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । 

झापाको लागि खेलको ७७ औं मिनेटमा सविन कुमार लुङ्गेलीले गोल गर्नुभएको थियो । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत झापाकै सविनले फेरी गोल गरी २–० को अग्रता दिलाउनुभएको थियो । 

यो सँगै झापाले सेमिफाइनलको यात्रा पक्का गरेको छ । अब झापाले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग खेल्ने भएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार भारत र काठमाडौँबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै हिजो सम्पन्न भएको पहिलो उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै सुनसरी गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरिसकेको छ । 

सुनसरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ  । साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

प्रकाशित मिति : 5:32 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम