ताप्लेजुङ गोल्ड कप : झापा सँग सहारा क्लब पोखरा पराजित 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा पोखराको सहारा क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । 

झापाको लागि खेलको ७७ औं मिनेटमा सविन कुमार लुङ्गेलीले गोल गर्नुभएको थियो । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत झापाकै सविनले फेरी गोल गरी २–० को अग्रता दिलाउनुभएको थियो । 

यो सँगै झापाले सेमिफाइनलको यात्रा पक्का गरेको छ । अब झापाले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग खेल्ने भएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार भारत र काठमाडौँबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै हिजो सम्पन्न भएको पहिलो उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै सुनसरी गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरिसकेको छ । 

सुनसरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ  । साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

प्रकाशित मिति : 5:32 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा