ताप्लेजुङ गोल्ड कप : आज सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापा भिड्दै



ताप्लेजुङ ताप्लेजुङको फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबीच प्रतिष्पर्धा हुने भएको छ । क्वाटर फाइनल अन्तर्गत आजको दोश्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको हो । 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दुवै टिमले राष्ट्रिय खेलाडीलाई मैदानमा उतार्ने भएका छन् । आज विजयी सुरुआत गर्ने टिमले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ । 

यस्तै हिजो सम्पन्न भएको पहिलो उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै सुनसरी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्दै सुनसरीको द योङ ब्रदर्श क्लब इटहरीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

खेलको २६ औं मिनेटमा आयोजकको तर्फबाट संजय श्रेष्ठले गोल गर्नुहूँदै टिमलाई अग्रता दिलाउनु भएको थियो  । तर, दोश्रो हाल्फको ७० औं मिनेटमा सुनसरीका निरज खड्काले पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याउन भएको थियो । यस्तै पुन खेलको ७४ औं मिनेटमा सुनसरीका योगन राईले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउन सफल हुनुभएको थियो । खेल अवधि भरि आयोजकले उत्कृष्ट प्रहार गरेपनि कुनै गोल हुन नसक्दा आयोजक पराजित हुन प¥यो । अब सुनसरीले भोलि हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ । 

प्रकाशित मिति : 6:15 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा