ताप्लेजुङ गोल्डकप सुरु (फोटोफिचर)



साहारा लिम्बू
ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप शनिबारबाट सुरु भएको छ । श्री भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गोल्डकप सुरु भएको हो । 

गोल्डकपको उद्‌घाटन समारोहमा लिम्बू संस्कृतमा आधारित च्याब्रुङ् नाच (केलाङ), धान नाच (यालाङ) सँगै लाखे नाच, सिङ्गे नाच प्रस्तुत गरिएको छ । औपचारिक रुपमा २०२९ सालबाट सञ्चालन हुँदै आएको यो खेल अहिले ताप्लेजुङको गोल्ड कपको नाममा सञ्चालन हुँदैछ ।

यसभन्दा अघि पाथीभरा गोल्डकपको नामबाट चौथौ संस्करणसम्म सञ्चालन भएको थियो । त्यसपछि नामको विवादका कारण पाथीभरा गोल्डकपबाट रूपान्तरण गरि वि.सं. २०८० सालबाट ताप्लेजुङ गोल्डकपको यात्रा सुरु भएको हो । यसभन्दा अघि पनि पटक–पटक गोल्डकपको नाम परिवर्तन हुँदै सञ्चालन भएका थिए ।

शनिबार उद्‌घाटन खेलमा आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग मैदानमा उत्रिएका छन् । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिट निर्माण गरिएको छ  । 

प्रकाशित मिति : 5:31 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ