हेल्पिङ हेण्ड्स ताप्लेजुङद्धारा शैक्षिक सामाग्री वितरण तथा अक्षय कोषमा सहयोग




रेडियो काबेली
ताप्लेजुङ । सामाजिक क्षेत्रमा काम गर्दै आएको हेल्पिङ हेण्ड्स ताप्लेजुङले एक विद्यालयलाई शैक्षिक सामाग्री तथा अक्षयकोषमा सहयोग रकम प्रदान गरेको छ । हेल्पिङ हेण्ड्स ताप्लेजुङले शुक्रबार फुङलिङ नगरपालिका वडा नम्बर ९ मा अवस्थित पाथीभरा आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री तथा अक्षयकोषमा सहयोग रकम प्रदान गरेको हो । हेल्पिङ हेण्डस्का सदस्य दिनेश अधिकारीले बुबाको सम्झनामा विद्यालयका १२ जना विधार्थीलाई शैक्षिक सामाग्री प्रायोजन गर्नुभएको र उक्त सामाग्री वितरण गरिएको हेल्पिङ हेण्ड्सका संयोजक काजी गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै यस अघि काजी गुरुङले नै स्वर्गीय बुबा आमाको नाममा स्थापना गर्नुभएको अध्यक्ष कोषमा थप २० हजार सहयोग गरिएको छ । उक्त रकम फुङलिङ नगरपालिका–६ घर भई हाल अमेरिका निबासी अर्जुन ओझाले १० हजार रुपैँया प्रदान गर्नु भएको र बाँकी रकम हेल्पिङ हेण्डस्का सदस्यहरुले उठाएर सहयोग गरिएको संयोजक गुरुङले बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष तुलसमा राई, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण गुरुङ, नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सभापति राज कुमार गुरुङ सहित हेल्पिङ हेण्डस्का सदस्यहरुको उपस्थिती रहेको थियो । हेल्पिङ हेण्डस् समस्या परेका व्यक्ति तथा विभिन्न सरकारी विद्यालयमा सहयोग गर्दै आएको ताप्लेजुङका सहयोगी मनहरुको संस्था हो । त्यस्तै हेल्पिङ हेण्डस्का सदस्य राज पौडेली लाम्गादेले छोरा सम्राट पौडेली लाम्गादेको जन्मदिनको अवसरमा नगद १ हजार २५ विद्यार्थीहरुको हितको लागि विद्यालयका शिक्षकलाई प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : 8:03 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर