माओवादी नेताले छोराछोरीलाई अनिवार्य सार्वजनिक स्कुलमा पढाउनैपर्छ : अध्यक्ष दाहाल



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरुले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले केन्द्रिय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनुभयो । उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ । अबबाट पार्टीका नेताहरुलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि बताउनुभयो । आफ्ना सन्तनहरु कसैले पनि विदेशमा अध्ययन नगरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले अस्ति भर्खरै पार्टीको केन्द्रिय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ । त्यो लागू भइरहेको छ। अब सबै स्थानीय सरकारका नेताहरु र स्थानीय पार्टीका नेताहरुले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ । म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष । मेरा कुनैपनि छोराछोरी विदेश पढ्न गएका छैनन् । पार्टी केन्द्रमा अब सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउने, विदेश नपठाउने भन्ने छलफल भएर निर्णयतिर गइरहेका छौँ ।’

अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरु गइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार ०६:५६

माओवादी नेताले छोराछोरीलाई अनिवार्य सार्वजनिक स्कुलमा पढाउनैपर्छ : अध्यक्ष दाहाल

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ। नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराईमा अवस्थित

बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाहरुको संयुक्त ध्यानाकर्षण

रेडियो काबेलीताप्लेजुङ । सरकारले निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने गरीे

समाज सेवामा सक्रिय बन्दै ताप्लेजुङ सेवा समाज मलेसिया

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसिया समाज सेवा सक्रिया

ताप्लेजुङ गोल्डकपमा सहभागी दुई टिमलाई ‘टु डेज बिफोर, टु डेज  आफ्टर’ को सुविधा 

ताप्लेजुङ, साउन २२ गते । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा