माओवादी नेताले छोराछोरीलाई अनिवार्य सार्वजनिक स्कुलमा पढाउनैपर्छ : अध्यक्ष दाहाल



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरुले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले केन्द्रिय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनुभयो । उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ । अबबाट पार्टीका नेताहरुलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि बताउनुभयो । आफ्ना सन्तनहरु कसैले पनि विदेशमा अध्ययन नगरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले अस्ति भर्खरै पार्टीको केन्द्रिय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ । त्यो लागू भइरहेको छ। अब सबै स्थानीय सरकारका नेताहरु र स्थानीय पार्टीका नेताहरुले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ । म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष । मेरा कुनैपनि छोराछोरी विदेश पढ्न गएका छैनन् । पार्टी केन्द्रमा अब सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउने, विदेश नपठाउने भन्ने छलफल भएर निर्णयतिर गइरहेका छौँ ।’

अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरु गइरहेको बताउनुभयो ।

प्रकाशित मिति : 6:56 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ