समाज सेवामा सक्रिय बन्दै ताप्लेजुङ सेवा समाज मलेसिया



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसिया समाज सेवा सक्रिया बन्दै गएको छ । कोराना भाईरस भएको समय, बाढी पहिरो, आगलागी साथै आर्थिक अभाव भएका बिरामीहरुलाई समेत सहयोग गर्दै ताप्लेजुङ सेवा समाज मलेसिया समाज सेवामा सक्रिय बन्दै गएको हो । यसै क्रममा पछिल्लो समय ताप्लेजुङ सेवा समाज मलेसियाले जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं.२ निबासी बुद्धि थेबे लिम्बुलाई मुटुको भल्ब र्फेनुपर्ने भएको र आर्थिक समस्या भएका कारण ६० हजार १ सय ५० रुपैँया आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष दिपक नेपालीले बताउनुभयो । उहाँका अनुसार उक्त रकम मामाङ्खे सेवा समाज नेपालका कोषाध्यक्ष नारायण प्रसाद लिम्बुले बिरामलाई हस्तारण गर्नुभएको हो ।

हाल बिरामीको काठमाडौं स्थित गङ्गालाल हृदयरोग अस्पतालमा उपचार भईरहेको छ । यस अघि ताप्लेजुङ सेवा समाज मलेसियाले विशेष गरि कोरोना भाईरसको समयमा जिल्लाका ६१ वटाका स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षको रोहबरमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको अध्यक्ष नेपालीको भनाई छ । प्रवासमा रहेर पनि देश र आफ्नो जिल्लाको मायाले पनि थोरै भएपनि सहयोग गर्दै आएको समाजले जनाएको छ । ताप्लेजुङ सेवा समाज मलेसिया ताप्लेजुङ जिल्लामा जन्मिएर हाल मलेसियामा रोजगारका शिलशिलामा पुगेका प्रवासीहरुको संस्था हो ।

प्रकाशित मिति : 8:21 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा