समाज सेवामा सक्रिय बन्दै ताप्लेजुङ सेवा समाज मलेसिया



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसिया समाज सेवा सक्रिया बन्दै गएको छ । कोराना भाईरस भएको समय, बाढी पहिरो, आगलागी साथै आर्थिक अभाव भएका बिरामीहरुलाई समेत सहयोग गर्दै ताप्लेजुङ सेवा समाज मलेसिया समाज सेवामा सक्रिय बन्दै गएको हो । यसै क्रममा पछिल्लो समय ताप्लेजुङ सेवा समाज मलेसियाले जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं.२ निबासी बुद्धि थेबे लिम्बुलाई मुटुको भल्ब र्फेनुपर्ने भएको र आर्थिक समस्या भएका कारण ६० हजार १ सय ५० रुपैँया आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष दिपक नेपालीले बताउनुभयो । उहाँका अनुसार उक्त रकम मामाङ्खे सेवा समाज नेपालका कोषाध्यक्ष नारायण प्रसाद लिम्बुले बिरामलाई हस्तारण गर्नुभएको हो ।

हाल बिरामीको काठमाडौं स्थित गङ्गालाल हृदयरोग अस्पतालमा उपचार भईरहेको छ । यस अघि ताप्लेजुङ सेवा समाज मलेसियाले विशेष गरि कोरोना भाईरसको समयमा जिल्लाका ६१ वटाका स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षको रोहबरमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको अध्यक्ष नेपालीको भनाई छ । प्रवासमा रहेर पनि देश र आफ्नो जिल्लाको मायाले पनि थोरै भएपनि सहयोग गर्दै आएको समाजले जनाएको छ । ताप्लेजुङ सेवा समाज मलेसिया ताप्लेजुङ जिल्लामा जन्मिएर हाल मलेसियामा रोजगारका शिलशिलामा पुगेका प्रवासीहरुको संस्था हो ।

प्रकाशित मिति : 8:21 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा