ताप्लेजुङ गोल्डकपमा सहभागी दुई टिमलाई ‘टु डेज बिफोर, टु डेज  आफ्टर’ को सुविधा 



ताप्लेजुङ, साउन २२ गते । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा सहभागी दुई टिमलाई ‘टु डेज बिफोर, टु डेज आफ्टर’ को सुविधा उपलब्ध हुने भएको छ । गोल्डकपमा सहभागी आठ टिम मध्ये चर्च बोइज क्लब ललितपुर र सहारा क्लब पोखरालाई ‘टु डे बिफोर, टु डे आफ्टर’को  सुविधा दिइने भएको हो । 

यस्तै छ टिमलाई भने ‘वान डे बिफोर, वान डे आफ्टर’ सुविधा दिइने लाखेजात्रा सञ्चालक समितिका खेल संयोजक अशोक थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार गोल्डकप ’मा सहभागी टिमका खेलाडीहरू तथा अफिसियल बस्ने होटलहरूको पनि टुङ्गो लागिसकेको छ । 

आयोजक लाखेजात्रा सञ्चालन समितिले चिठ्ठा प्रणाली मार्फत आठवटा टिमका खेलाडी तथा अफिसियल बस्नका लागि सदरमुकाम फुङ्लिङका विभिन्न होटलहरू व्यवस्थापन गरेको हो । जस अन्तर्गत चर्च बोइज क्लब ललितपुरका खेलाडी तथा अफिसियलहरू फुङ्लिङ नगरपालिका ४ मा रहेको होटल पाथीभरामा बस्ने भएका छन् । 

त्यस्तै द यङ ब्रदर्स क्लब इटहरीका खेलाडी तथा प्रतिनिधिहरू माथिल्लो रोडमा रहेको होटल नाङ्लोमा बस्ने भएका छन् । सहारा क्लब पोखराका खेलाडी तथा अफिसियलहरूलाई ब्लुस्टार होटल फुङ्लिङ ७ मा राखिने खेल संयोजक अशोक थेबेले जानकारी दिनुभयो । 

लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी भारतका खेलाडी तथा प्रतिनिधिहरू फुङ्लिङ ४ बुद्धचोकमा रहेको माउन्टेन होटलमा बस्नेछन् । सिराहाबाट सहभागिता जनाउन लागेको सलहेस युवा क्लबका खेलाडी तथा प्रतिनिधिहरूलाई फुङ्लिङ नगरपालिका २ मा रहेको मेवाखोला हिल रिसोर्टमा राखिनेछ ।

त्यस्तै रेडस्टार फुटबल क्लब झापाका खेलाडी तथा प्रतिनिधिहरूलाई फुङ्लिङ नगरपालिका दुईको होटल इको भ्युमा राखिनेछ । आयोजक तेल्लोक सर्पोटिङ क्लबका खेलाडी तथा प्रतिनिधिहरू फुङ्लिङ ४ न्युरोडमा रहेको थकाली भान्साघरमा बस्नेछन् भने फिदिम स्पोर्टिङ क्लबका खेलाडी तथा प्रतिनिधिहरूलाई ओचार्ड गेस्ट हाउस फुङ्लिङ ५ वीरेन्द्रचोकमा राखिने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । 

खेल साउन २४ गतेदेखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम स्थित भानु जन माविको खेलमैदानमा सञ्चालन हुँदै छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहीबार १७:१९

ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य (फोटो फिचर)

साहारा लिम्बू ताप्लेजुङ, साउन २५ गते । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्यको

ताप्लेजुङ गोल्ड कप : आज सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापा भिड्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

ताप्लेजुङ गोल्डकप : उद्‌घाटन खेलमा टिकटबाट तीन लाख बढी रकम सङ्कलन

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा

ताप्लेजुङ गोल्डकपमा सुनसरीको विजय यात्रा सुरु

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ

ताप्लेजुङ गोल्डकप सुरु (फोटोफिचर)

साहारा लिम्बूताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ