ताप्लेजुङ गोल्डकपमा सहभागी दुई टिमलाई ‘टु डेज बिफोर, टु डेज  आफ्टर’ को सुविधा 



ताप्लेजुङ, साउन २२ गते । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा सहभागी दुई टिमलाई ‘टु डेज बिफोर, टु डेज आफ्टर’ को सुविधा उपलब्ध हुने भएको छ । गोल्डकपमा सहभागी आठ टिम मध्ये चर्च बोइज क्लब ललितपुर र सहारा क्लब पोखरालाई ‘टु डे बिफोर, टु डे आफ्टर’को  सुविधा दिइने भएको हो । 

यस्तै छ टिमलाई भने ‘वान डे बिफोर, वान डे आफ्टर’ सुविधा दिइने लाखेजात्रा सञ्चालक समितिका खेल संयोजक अशोक थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार गोल्डकप ’मा सहभागी टिमका खेलाडीहरू तथा अफिसियल बस्ने होटलहरूको पनि टुङ्गो लागिसकेको छ । 

आयोजक लाखेजात्रा सञ्चालन समितिले चिठ्ठा प्रणाली मार्फत आठवटा टिमका खेलाडी तथा अफिसियल बस्नका लागि सदरमुकाम फुङ्लिङका विभिन्न होटलहरू व्यवस्थापन गरेको हो । जस अन्तर्गत चर्च बोइज क्लब ललितपुरका खेलाडी तथा अफिसियलहरू फुङ्लिङ नगरपालिका ४ मा रहेको होटल पाथीभरामा बस्ने भएका छन् । 

त्यस्तै द यङ ब्रदर्स क्लब इटहरीका खेलाडी तथा प्रतिनिधिहरू माथिल्लो रोडमा रहेको होटल नाङ्लोमा बस्ने भएका छन् । सहारा क्लब पोखराका खेलाडी तथा अफिसियलहरूलाई ब्लुस्टार होटल फुङ्लिङ ७ मा राखिने खेल संयोजक अशोक थेबेले जानकारी दिनुभयो । 

लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी भारतका खेलाडी तथा प्रतिनिधिहरू फुङ्लिङ ४ बुद्धचोकमा रहेको माउन्टेन होटलमा बस्नेछन् । सिराहाबाट सहभागिता जनाउन लागेको सलहेस युवा क्लबका खेलाडी तथा प्रतिनिधिहरूलाई फुङ्लिङ नगरपालिका २ मा रहेको मेवाखोला हिल रिसोर्टमा राखिनेछ ।

त्यस्तै रेडस्टार फुटबल क्लब झापाका खेलाडी तथा प्रतिनिधिहरूलाई फुङ्लिङ नगरपालिका दुईको होटल इको भ्युमा राखिनेछ । आयोजक तेल्लोक सर्पोटिङ क्लबका खेलाडी तथा प्रतिनिधिहरू फुङ्लिङ ४ न्युरोडमा रहेको थकाली भान्साघरमा बस्नेछन् भने फिदिम स्पोर्टिङ क्लबका खेलाडी तथा प्रतिनिधिहरूलाई ओचार्ड गेस्ट हाउस फुङ्लिङ ५ वीरेन्द्रचोकमा राखिने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । 

खेल साउन २४ गतेदेखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम स्थित भानु जन माविको खेलमैदानमा सञ्चालन हुँदै छ । 

प्रकाशित मिति : 5:19 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ