फक्ताङलुङमा बाढीले पुल बगाएपछि स्थानीयको श्रमदान मार्फत निर्माण गरि आवतजावत सुचारु



ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा श्रमदान मार्फत अस्थायी काठे पुल तथा बाटो निर्माण गरिएको छ । बाढी पहिराले अधिकांश क्षेत्रमा क्षति पुर्याएकाले स्थानीयको सक्रियतामा श्रमदान मार्फत मानिस आवतजावतका लागि पुल तथा बाटो निर्माण गरिएको हो ।

गत असार २६ गते आएको बाढीले फक्ताङलुङको लेलेपका विभिन्न स्थानमा रहेको पुल तथा बाटोमा बाढीले क्षति पुर्याएकाले स्थानीय तेन्जिङ वालुङ शेर्पाको नेतृत्वमा श्रमदान मार्फत मर्मत गरिएको छ । लेलेपको थाक्पाखोला र छङजावा खोलामा रहेको अस्थायी मोटरेबल पुल बाढीले बगाएपछि यातायात नै ठप्प भएको थियो ।

स्थानीयको सक्रियतामा दुईओटा खोलामा पुल तथा लुङथुङको छ्यासिङ खोलाको छेउमा रहेको बाटो समेत मर्मत गरेर मानिस आवतजावतलाई सहज बनाइएको शेर्पाको भनाई छ । उहाँका अनुसार त्यस क्षेत्रमा बाढीले क्षति पुर्याएको करिब २० मिटर बाटो मर्मत गरिएको छ । मानिस आवतजावत गर्न मिल्ने गरि ढुङ्गाको सोलिङ तथा सिँढी निर्माण गरिएको शेर्पाले जानकारी दिनुभयो ।

पुल तथा बाटो निर्माण गरेसँगै अहिले स्थानीयलाई खाद्यान्न बोकेर बस्ती सम्म पुर्याउन सहज भएको स्थानीयले बताएका छन् । पुल नहुँदा स्थानीयले जोखिम मोलेर सो क्षेत्रमा यात्रा गर्ने गरेका थिए ।

बाढीका कारण क्षति पुगेको ५२ किलोवाट क्षमताको लघुजलविद्युतको उत्पादन ठप्प हुँदा दुई सय घर परिवार विद्युत सेवाबाट बञ्चित भएका छन् । सो लघुजलविद्युतको कार्य निर्माणका कार्य जारी रहेपनि सम्पन्न हुन महिनौँ दिन लाग्ने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4:48 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा