ताप्लेजुङमा लम्पी स्किनको सङ्क्रमणबाट दुई गाई मरे



ताप्लेजुङ । ताप्लेजुङमा लम्पी स्किनको सङ्क्रमणबाट दुई वटा गाई मरेका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिकामा एक–एक गरी लम्पी स्किनको सङ्क्रमणबाट दुई वटा गाई मरेका हुन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिले सम्म ताप्लेजुङमा ५४ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखा परेको छ । जसमा दुईवटा गाई मरेका हुन् ।

एक नगरपालिका र ८ गाउँपालिका गरी ९ स्थानीय तह रहेको जिल्लाका मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिका बाहेक सबै स्थानीय तहहरूमा लम्पी स्किन सङ्क्रमण देखा परेको डाक्टर दाहालको भनाई छ । सबैभन्दा बढी फुङलिङ नगरपालिकाका १९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेनका १२, सिरिजङ्गाका ९, फक्ताङलुङका २, मैवाखोलाका २ र आठराई त्रिबेणीका ८ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । अहिले सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत लम्पी स्किनको सङ्क्रमणलाई नियन्त्रण साथै रोकथामका रणनीति अघि बढाइएको डाक्टर दाहालाले बताउनुभयो ।

अहिलेसम्म जिल्लामा ५ हजार ३ सय ५० डोज लम्पी स्किनको सङ्क्रमण विरुद्धको खोप दिइसकिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:50 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा