ताप्लेजुङमा लम्पी स्किनको सङ्क्रमणबाट दुई गाई मरे



ताप्लेजुङ । ताप्लेजुङमा लम्पी स्किनको सङ्क्रमणबाट दुई वटा गाई मरेका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिकामा एक–एक गरी लम्पी स्किनको सङ्क्रमणबाट दुई वटा गाई मरेका हुन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिले सम्म ताप्लेजुङमा ५४ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखा परेको छ । जसमा दुईवटा गाई मरेका हुन् ।

एक नगरपालिका र ८ गाउँपालिका गरी ९ स्थानीय तह रहेको जिल्लाका मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिका बाहेक सबै स्थानीय तहहरूमा लम्पी स्किन सङ्क्रमण देखा परेको डाक्टर दाहालको भनाई छ । सबैभन्दा बढी फुङलिङ नगरपालिकाका १९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेनका १२, सिरिजङ्गाका ९, फक्ताङलुङका २, मैवाखोलाका २ र आठराई त्रिबेणीका ८ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । अहिले सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत लम्पी स्किनको सङ्क्रमणलाई नियन्त्रण साथै रोकथामका रणनीति अघि बढाइएको डाक्टर दाहालाले बताउनुभयो ।

अहिलेसम्म जिल्लामा ५ हजार ३ सय ५० डोज लम्पी स्किनको सङ्क्रमण विरुद्धको खोप दिइसकिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:50 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई