ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जना घाईते, फरार रहेकाको खोजी कार्य जारी



सौगात विष्ट

ताप्लेजुङ । ताप्लेजुङमा एक जना खुकुरी प्रहारबाट घाईते हुनुभएको छ । खुकुरी प्रहारबाट मेरिङ्देन गाउँपालिका तीन दोभान निबासी नबिन शेर्पा घाइने हुनुभएको हो ।

शेर्पालाई साउन २० गते फुङ्लिङ नगरपालिका २ स्थित हेलिप्याडमा खुकुरी प्रहार भएको थियो । राति १०ः४० बजे हेलिप्याडमा रितिक लिम्बू र आबिष्कार लिम्बु सहति अन्य ब्याक्तिहरु सँंग झगडा हुँदा उक्त घटना भएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताउुनुभयो । उहाँका अनुसार रितिक लिम्बुले धारिलो हतियार प्रहार गर्दा शेर्पाको ढाडमा चोट लागि घाइते हुनुभएको हो ।

घाइते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । सामान्य चोट लागेकाले उपचार पश्चात घाइते शेर्पा घर पर्किसक्नुभइको प्रहरीको भनाई छ । साथै खुकुरी प्रहार गरी फरार रहेका रितिक लिम्बू सहित अन्यको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जाएको छ ।

प्रकाशित मिति : 6:39 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा