ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जना घाईते, फरार रहेकाको खोजी कार्य जारी



सौगात विष्ट

ताप्लेजुङ । ताप्लेजुङमा एक जना खुकुरी प्रहारबाट घाईते हुनुभएको छ । खुकुरी प्रहारबाट मेरिङ्देन गाउँपालिका तीन दोभान निबासी नबिन शेर्पा घाइने हुनुभएको हो ।

शेर्पालाई साउन २० गते फुङ्लिङ नगरपालिका २ स्थित हेलिप्याडमा खुकुरी प्रहार भएको थियो । राति १०ः४० बजे हेलिप्याडमा रितिक लिम्बू र आबिष्कार लिम्बु सहति अन्य ब्याक्तिहरु सँंग झगडा हुँदा उक्त घटना भएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताउुनुभयो । उहाँका अनुसार रितिक लिम्बुले धारिलो हतियार प्रहार गर्दा शेर्पाको ढाडमा चोट लागि घाइते हुनुभएको हो ।

घाइते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । सामान्य चोट लागेकाले उपचार पश्चात घाइते शेर्पा घर पर्किसक्नुभइको प्रहरीको भनाई छ । साथै खुकुरी प्रहार गरी फरार रहेका रितिक लिम्बू सहित अन्यको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जाएको छ ।

प्रकाशित मिति : 6:39 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा