ताप्लेजुङस्थित काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु 



ताप्लेजुङ ।  काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु भएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा रहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त काबेली–३ क्यास्केड जलविद्युत् आयोजना साउन २० गतेबाट परिक्षण उत्पादन सुरु गरेको हो । 

२१.९३ मेगावाट क्षता भएको यस जलविद्युत् आयोजनाको निर्माण कार्य २०७९ माघ ५ गते औपचारिक रुपमा सुरु भएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले बताउनु भयो । यो आयोजना सिरीजङ्घा गाउँपालिका वडा नं. ५, ६, र ७ स्थित काबेली खोलामा पर्दछ । 

कुल ४ अर्ब २८ करोड ५० लाख १ हजार रुपियाँ लागतमा निर्माण सम्पन्न यस आयोजनाको परिक्षण उत्पाद सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ अमरपुर दुबिचौरस्थित नेपाल विद्युत प्राधिकरणको १ सय ३२ केभिए विद्युत सबस्टेशनमा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको जनसम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

कुल लागतमध्ये २५ प्रतिशत स्वपूँजीबाट र ७५ प्रतिशत एनएमबि बैँक लिमिटेडको नेतृत्वमा प्रभु बैँक लिमिटेड तथा नबिल बैँक लिमिटेडबाट ऋण लगानीका उपलब्ध भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : 6:55 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन