साउन २२ गते ताप्लेजुङसहित नौ जिल्लामा आम हड्तालको घोषणा



ताप्लेजुङ । साउन २२ गते पूर्वका नौ जिल्लामा आम हड्तालको घोषण गरिएको छ । अरुण पूर्व नौ जिल्लालाई लिम्बूवान राज्य सुनिश्चितको माग गर्दै आम हड्तालको घोषणा गरिएको हो ।

मङ्गलबार ताप्लेजुङको फुङलिङमा लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान राष्ट्रिय मोर्चा र सङ्घीय लिम्बूवान पार्टी संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत आमहडतालको घोषणा गरेका छन् । अरुण पूर्व नौ जिल्लालाई लिम्बूवान राज्य सुनिश्चित गर्नु पर्ने उक्त पार्टीहरूको माग गरेको छ ।

१८३१ साउन २२ गते तत्कालीन गोर्खा कान्तिपुर नेपाल र लिम्बूवान बिच नुनपानी (तसली लालमोहर) सन्धी भएकोले औपनिवेशिक दिनको रुपमा मान्दै २०८२ साल साउन २२ गते उक्त सन्धि कार्यान्वयनका लागि लिम्बूवानी दवाव दिन आम हड्तालको घोषणा गरिएको लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभएको छ ।

अरुण पूर्व नौ जिल्लामा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, सुनसरी र मोरङ पर्ने उहाँहरूको दावी रहेको छ । साथै उक्त नौ जिल्लामा नै आम हडतालको घोषणा पनि गरिएको हो ।

प्रकाशित मिति : 2:31 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा