साउन २२ गते ताप्लेजुङसहित नौ जिल्लामा आम हड्तालको घोषणा



ताप्लेजुङ । साउन २२ गते पूर्वका नौ जिल्लामा आम हड्तालको घोषण गरिएको छ । अरुण पूर्व नौ जिल्लालाई लिम्बूवान राज्य सुनिश्चितको माग गर्दै आम हड्तालको घोषणा गरिएको हो ।

मङ्गलबार ताप्लेजुङको फुङलिङमा लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान राष्ट्रिय मोर्चा र सङ्घीय लिम्बूवान पार्टी संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत आमहडतालको घोषणा गरेका छन् । अरुण पूर्व नौ जिल्लालाई लिम्बूवान राज्य सुनिश्चित गर्नु पर्ने उक्त पार्टीहरूको माग गरेको छ ।

१८३१ साउन २२ गते तत्कालीन गोर्खा कान्तिपुर नेपाल र लिम्बूवान बिच नुनपानी (तसली लालमोहर) सन्धी भएकोले औपनिवेशिक दिनको रुपमा मान्दै २०८२ साल साउन २२ गते उक्त सन्धि कार्यान्वयनका लागि लिम्बूवानी दवाव दिन आम हड्तालको घोषणा गरिएको लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभएको छ ।

अरुण पूर्व नौ जिल्लामा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, सुनसरी र मोरङ पर्ने उहाँहरूको दावी रहेको छ । साथै उक्त नौ जिल्लामा नै आम हडतालको घोषणा पनि गरिएको हो ।

प्रकाशित मिति : 2:31 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको