ताप्लेजुङमा एसइईको ग्रेडवृद्धि परीक्षाका लागि पाँच केन्द्र तोकियो



ताप्लेजुङ । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार आगामी साउन २९ गतेदेखि सुरु हुने एसइईको ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र तोकिएको हो ।

फुङलिङ नगरपालिकमा दुई वटा केन्द्र तोकिएको छ । जसमा भानुजन माध्यमिक विद्यालय र बाल सुबोधनी संस्कृति माध्यमिक वेधालय मेदिवुङ तोकिएको भट्टराईको भनाई छ । यस्तै मेरिङदेन गाउँपालिकाको श्री त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिरिजङ्गा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय सिनाम र आठराई त्रिबेणी गाउँपालिकाको श्री सरस्वती नमूना माध्यमिक विद्यालय हाङपाङलाई ग्रेडवृद्धि परीक्षा केन्द्र तोकिएको छ ।

उनका अनुसार साधारण धारतर्फ ७ सय ६९ र प्राविधिक धारतर्फ ३१ गरी कुल ८ सय जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा लेख्नका लागि आवेदन दिएका छन् । ताप्लेजुङमा एसईई परीक्षामा एक हजार चार सय १५ जना विद्यार्थी सहभागी भएका मध्ये छ सय ५० जना उत्रिर्ण भएका थिए । जिल्लामा ६८ वटा माध्यमिक विद्यालय रहेका छन् ।

प्रकाशित मिति : 6:53 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी