ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले चक्कु प्रहार गर्दा सहचालक घाईते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका ३ बस्ने चालक २३ वर्ष का हर्क बहादुर दर्लामी मगरले चक्कु प्रहार गर्दा मैवाखोला गाउँपालिका वडा नं.१ ढुङ्गेसाघु बस्ने वर्ष १९ का सागर मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक मगरले सहचालकलाई शुक्रबार राति ११ः३० बजे जिल्लाको फुङलिङ नगरपालिका–४ तमुचौकमा गाडीमा बसी रहेको अवस्थामा चक्कु प्रहार गरेका हुन् । चक्कुले सहचालकको टाउकोमा चोट लागेको र उनको हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहको छ । चक्कु प्रहार गर्ने हर्क बहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 4:54 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम