ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले चक्कु प्रहार गर्दा सहचालक घाईते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका ३ बस्ने चालक २३ वर्ष का हर्क बहादुर दर्लामी मगरले चक्कु प्रहार गर्दा मैवाखोला गाउँपालिका वडा नं.१ ढुङ्गेसाघु बस्ने वर्ष १९ का सागर मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक मगरले सहचालकलाई शुक्रबार राति ११ः३० बजे जिल्लाको फुङलिङ नगरपालिका–४ तमुचौकमा गाडीमा बसी रहेको अवस्थामा चक्कु प्रहार गरेका हुन् । चक्कुले सहचालकको टाउकोमा चोट लागेको र उनको हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहको छ । चक्कु प्रहार गर्ने हर्क बहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 4:54 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक