भाइको हत्या अभियोगमा दाजु पक्राउ



ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. ४ आहाले निवासी मनकुमार बिक भाइ रोशन बिकको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

मनकुमारले मिति २०८२ साल साउन १६ गते साँझ ६ बजेको समयमा सामान्य घरयासी विवाद हुँदा भाइ रोशनलाई खुकुरी प्रहार गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार मनकुमारले प्रहार गरेको खुकुरी रोशनको पेटमा लागी मृत्यु भएको थियो ।

मनकुमार बिकलाई सोही दिन राती १० बजे खुकुरी सँगै नियन्त्रणमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 11:14 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा