स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड



ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ । जिल्लामा निर्माणधीन सबैभन्दा ठुलो २८५ मेगावट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो ।

फक्ताङलुङ गाउँपालिका ३ सिँवामा रहेको ब्यारेकमा कामदार नभएको समयमा आज बिहान करिब साढे आठ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । कर्मचारीहरू काम गर्न गएको समयमा १० देखि १२ जनाको समुहले तोडफोड गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

उक्त समुहले ब्यारेकको १३ ओटा झ्याल, छ ओटा ढोकामा, एउटा हेलोजिन लाईट तोडफोड गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । घट्ना पश्चात तत्काल प्रहरी चौकी सिँवाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली खटाइएको थियो ।

तोडफोड गरेर समूहहरू अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको नेतृत्वमा १० जना प्रहरी खटाइएको बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार १७:१४

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा