स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड



ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ । जिल्लामा निर्माणधीन सबैभन्दा ठुलो २८५ मेगावट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो ।

फक्ताङलुङ गाउँपालिका ३ सिँवामा रहेको ब्यारेकमा कामदार नभएको समयमा आज बिहान करिब साढे आठ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । कर्मचारीहरू काम गर्न गएको समयमा १० देखि १२ जनाको समुहले तोडफोड गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

उक्त समुहले ब्यारेकको १३ ओटा झ्याल, छ ओटा ढोकामा, एउटा हेलोजिन लाईट तोडफोड गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । घट्ना पश्चात तत्काल प्रहरी चौकी सिँवाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली खटाइएको थियो ।

तोडफोड गरेर समूहहरू अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको नेतृत्वमा १० जना प्रहरी खटाइएको बताइएको छ ।

प्रकाशित मिति : 5:14 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा