ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ



साहारा लिम्बू 
फुङ्लिङ, साउन १६ गते ।
ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा फरार व्यक्ति १३ वर्ष पछि पक्राउ परेका छन् । मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राका सुभाष लिम्बू १३ वर्ष पछि पक्राउ परेका हुन् । 

मिति २०६९ साल असोज १ गते मेरिङदेन गाउँपालिका वडा नं. तीन दोभान बजारको इलाका प्रहरी कार्यालयका प्रहरी जवान भुपाल आचार्यको हत्या र अर्का प्रहरी जवान चन्द्र देवानलाई गम्भीर घाइते बनाई फरार रहेका लिम्बूलाई पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विबेक बस्नेतले जानकारी दिनुभएको छ । 

उक्त समयमा लिम्बूसहित मादक पदार्थ सेवन गरेका १०–१२ जनाको समुहले अनावश्यक होहल्ला गरेका कारण इलाका प्रहरी कार्यालय दोभानबाट खटिएका गस्ती टोलीले सम्झाई बुझाइ गर्दा लिम्बूले प्रहरी माथि नै धारिलो हतियार प्रहार गरेका थिए । यो सँगै प्रहरीको ३०३ राइफल परि लुटेर प्रहार रहेका थिए । 

फरार लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले मिति २०७१ साल असोज ३१ गते जन्म कैदको सजाय सुनाएको थियो । लिम्बू भारतको बङ्ग्लोर, हैदराबाद, चेन्नाई समेतका विभिन्न ठाउँमा लुकिछिपि बस्ने गरेका थिए । उनी दुई–तिन दिन अघि ताप्लेजुङ आइपुगेको गोप्य सूचनाका आधारमा मिति २०८२ साल साउन १६ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । 

लिम्बूलाई जिल्ला अदालत पेश गरी कैद भुक्तमानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 5:03 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय