ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ



साहारा लिम्बू 
फुङ्लिङ, साउन १६ गते ।
ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा फरार व्यक्ति १३ वर्ष पछि पक्राउ परेका छन् । मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राका सुभाष लिम्बू १३ वर्ष पछि पक्राउ परेका हुन् । 

मिति २०६९ साल असोज १ गते मेरिङदेन गाउँपालिका वडा नं. तीन दोभान बजारको इलाका प्रहरी कार्यालयका प्रहरी जवान भुपाल आचार्यको हत्या र अर्का प्रहरी जवान चन्द्र देवानलाई गम्भीर घाइते बनाई फरार रहेका लिम्बूलाई पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विबेक बस्नेतले जानकारी दिनुभएको छ । 

उक्त समयमा लिम्बूसहित मादक पदार्थ सेवन गरेका १०–१२ जनाको समुहले अनावश्यक होहल्ला गरेका कारण इलाका प्रहरी कार्यालय दोभानबाट खटिएका गस्ती टोलीले सम्झाई बुझाइ गर्दा लिम्बूले प्रहरी माथि नै धारिलो हतियार प्रहार गरेका थिए । यो सँगै प्रहरीको ३०३ राइफल परि लुटेर प्रहार रहेका थिए । 

फरार लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले मिति २०७१ साल असोज ३१ गते जन्म कैदको सजाय सुनाएको थियो । लिम्बू भारतको बङ्ग्लोर, हैदराबाद, चेन्नाई समेतका विभिन्न ठाउँमा लुकिछिपि बस्ने गरेका थिए । उनी दुई–तिन दिन अघि ताप्लेजुङ आइपुगेको गोप्य सूचनाका आधारमा मिति २०८२ साल साउन १६ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । 

लिम्बूलाई जिल्ला अदालत पेश गरी कैद भुक्तमानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 5:03 pm

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम