वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू



ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ । विहीबार सम्पन्न वाइसिएल गाउँपालिका कमिटीको तेस्रो गाउँ अधिवेशनले लिम्बू अध्यक्ष रहेको ३५ सदस्यीय नयाँ गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।

यस्तै गाउँपालिका कमिटी उपाध्यक्षमा सन्तोष लिङ्खिम, आइतराज लिम्बू र सुवास आङ्बुहाङ चयन हुनुभएको वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कैलास माबोले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवमा सुरेश फेम्बु लिम्बू, सहसचिवमा सरोज ताप्मादेन, मनोज लिम्बू, चितहाङ लिम्बू (निशान) र कोषाध्यक्षमा विराज लिम्बू चयन हुनुभएको छ ।

सम्मेलनको प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय एवम् ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) को उपस्थिति रहेको थियो । यस्तै अतिथिहरुमा माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष एवं गाउँपालिका राजन लिम्बू (मुक्ति), केन्द्रीय सदस्य सुधीर साउदेन, प्रदेश कमिटी सदस्य नरेन्द्र लिङ्खिम लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:40 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा