वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू



ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ । विहीबार सम्पन्न वाइसिएल गाउँपालिका कमिटीको तेस्रो गाउँ अधिवेशनले लिम्बू अध्यक्ष रहेको ३५ सदस्यीय नयाँ गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।

यस्तै गाउँपालिका कमिटी उपाध्यक्षमा सन्तोष लिङ्खिम, आइतराज लिम्बू र सुवास आङ्बुहाङ चयन हुनुभएको वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कैलास माबोले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवमा सुरेश फेम्बु लिम्बू, सहसचिवमा सरोज ताप्मादेन, मनोज लिम्बू, चितहाङ लिम्बू (निशान) र कोषाध्यक्षमा विराज लिम्बू चयन हुनुभएको छ ।

सम्मेलनको प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय एवम् ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) को उपस्थिति रहेको थियो । यस्तै अतिथिहरुमा माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष एवं गाउँपालिका राजन लिम्बू (मुक्ति), केन्द्रीय सदस्य सुधीर साउदेन, प्रदेश कमिटी सदस्य नरेन्द्र लिङ्खिम लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:40 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा