ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने



ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्ने भएको छ । साउन २४ गतेदेखि फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगितामा टिकट काट्ने दर्शकलाई लक्कि ड्र मार्फत एक स्मार्ट फोनको व्यवस्थापन गरिएको हो । 

लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाका अनुसार दर्शकहरूको आकर्षणका लागि यो व्यवस्था गरिएको हो । गोल्डकपको क्वाटर फाइनलका चार खेलका लागि एक सय रुपैयाँ तोकिएको छ । यस्तै सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि दुई सय ५० टिकटदर तोकिएको छ । यो वर्ष गोल्डकपको टिकट बिक्री ठेक्का मार्फत गरिएको । टिकट बिक्रीको ठेक्का मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वा लिम्बूले लिनुभएको छ । 

यस्तै गोल्ड कपको  खेल तालिका पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्य सहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।

 प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबीच प्रतिष्पर्धा हुने भएको छ ।  त्यस्तै दोश्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टिमबीचको खेल साउन २५ गते हुने तालिकामा उल्लेख छ । साउन २६ गते हुने तेश्रो खेलमा लिजेण्ड फुटबल एकेडेमी सिलगुडी भारत र चर्च ब्वाइज ललितपुरबीच प्रतिष्पर्धा हुनेछ । 

यस्तै क्वाटरफाइनल चरणको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथर भिड्दै छन् । तालिका अनुसार यो दुई टिमबीचको खेल साउन २७ गते हुनेछ । प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरू साउन २८ र २९ गते हुने तालिका सार्वजनिक भएको छ । फाइनल खेल साउन ३१ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कार सहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ०६:३१

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी