ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा



ताप्लेजुङ । ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा आएको छ । करिब १० करोड रुपियाँको लगानीमा निर्माण गरिएको फुङ्लिङ-४, नयाँ बस पार्क बिहीबारबाट सञ्चालनमा आएको हो ।

फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले नयाँ बस पार्क सञ्चालनमा आएको घोषणा गर्नुभएसँगै सञ्चालनमा आएको हो । उहाँले नयाँ बस पार्क क्षेत्रमा पुगेका सवारी चालकलाई खादासहित स्वागत समेत गर्नुभएको छ ।

नगर प्रमुख मादेनले बस पार्क क्षेत्रमा आवश्यक पर्ने धेरै संरचना तथा पूर्वाधारको निर्माण कार्य पूरा भएको र बाँकीलाई तत्काल पूरा गर्ने बताउनुभयो । अहिले केहि टिकट काउन्टर बनेको र अब एकदर्जन बढी काउन्टर निर्माण गरी यातायात व्यवसायीलाई सहज बनाइने उहाँले बताउनुभयो ।

यस्तै नयाँ बस पार्क क्षेत्रमा सुरक्षा चेकपोस्टसहितको व्यवस्थापन गर्ने कार्य अघि बढिसकेको उहाँले जानकारी दिनुभयो । यो सँगै नयाँ बस पार्क क्षेत्रमा पार्किङ गरिएका तथा प्रस्थान र आगमन हुने सवारीले पालना गरेको सवारी नियमका आधारमा चालकलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।

जसमा सवारी नियम पालना गर्ने सर्वोकृष्टलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार रुपियाँ र सान्त्वना हुनेलाई नगद ३ हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ । यसबाहेक नयाँ बस पार्क क्षेत्रमा सवारी पार्किङ गर्ने सवारी चालकलाई नगरपालिकाको पहिचान स्वरूप प्रत्येक दुई वर्षमा सवारी चालक पोशाक दिने समेत नगर प्रमुख मादेनले बताउनुभयो ।

प्रकाशित मिति : 6:56 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा