ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा



ताप्लेजुङ । ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा आएको छ । करिब १० करोड रुपियाँको लगानीमा निर्माण गरिएको फुङ्लिङ-४, नयाँ बस पार्क बिहीबारबाट सञ्चालनमा आएको हो ।

फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले नयाँ बस पार्क सञ्चालनमा आएको घोषणा गर्नुभएसँगै सञ्चालनमा आएको हो । उहाँले नयाँ बस पार्क क्षेत्रमा पुगेका सवारी चालकलाई खादासहित स्वागत समेत गर्नुभएको छ ।

नगर प्रमुख मादेनले बस पार्क क्षेत्रमा आवश्यक पर्ने धेरै संरचना तथा पूर्वाधारको निर्माण कार्य पूरा भएको र बाँकीलाई तत्काल पूरा गर्ने बताउनुभयो । अहिले केहि टिकट काउन्टर बनेको र अब एकदर्जन बढी काउन्टर निर्माण गरी यातायात व्यवसायीलाई सहज बनाइने उहाँले बताउनुभयो ।

यस्तै नयाँ बस पार्क क्षेत्रमा सुरक्षा चेकपोस्टसहितको व्यवस्थापन गर्ने कार्य अघि बढिसकेको उहाँले जानकारी दिनुभयो । यो सँगै नयाँ बस पार्क क्षेत्रमा पार्किङ गरिएका तथा प्रस्थान र आगमन हुने सवारीले पालना गरेको सवारी नियमका आधारमा चालकलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।

जसमा सवारी नियम पालना गर्ने सर्वोकृष्टलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार रुपियाँ र सान्त्वना हुनेलाई नगद ३ हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ । यसबाहेक नयाँ बस पार्क क्षेत्रमा सवारी पार्किङ गर्ने सवारी चालकलाई नगरपालिकाको पहिचान स्वरूप प्रत्येक दुई वर्षमा सवारी चालक पोशाक दिने समेत नगर प्रमुख मादेनले बताउनुभयो ।

प्रकाशित मिति : 6:56 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि