पाथीभरा मन्दिरबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र सुनसरी भिड्ने



ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्य सहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।

लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबीच प्रतिष्पर्धा हुने भएको छ । 

त्यस्तै दोश्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टिमबीचको खेल साउन २५ गते हुने तालिकामा उल्लेख छ । साउन २६ गते हुने तेश्रो खेलमा लिजेण्ड फुटबल एकेडेमी सिलगुडी भारत र चर्च ब्वाइज ललितपुरबीच प्रतिष्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनल चरणको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथर भिड्दै छन् । तालिका अनुसार यो दुई टिमबीचको खेल साउन २७ गते हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरू साउन २८ र २९ गते हुने तालिका सार्वजनिक भएको छ । फाइनल खेल साउन ३१ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कार सहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 6:41 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो