पाथीभरा मन्दिरबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र सुनसरी भिड्ने



ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्य सहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।

लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबीच प्रतिष्पर्धा हुने भएको छ । 

त्यस्तै दोश्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टिमबीचको खेल साउन २५ गते हुने तालिकामा उल्लेख छ । साउन २६ गते हुने तेश्रो खेलमा लिजेण्ड फुटबल एकेडेमी सिलगुडी भारत र चर्च ब्वाइज ललितपुरबीच प्रतिष्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनल चरणको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथर भिड्दै छन् । तालिका अनुसार यो दुई टिमबीचको खेल साउन २७ गते हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरू साउन २८ र २९ गते हुने तालिका सार्वजनिक भएको छ । फाइनल खेल साउन ३१ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कार सहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 6:41 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ