ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 



ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी लिएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वाले लिम्बूले आइतबार आयोजकसँग सम्झौता गर्नु भएको छ । फुङलिङ नगरपालिका वडा नं. ४ वडा कार्यालयमा वडाध्यक्ष दुर्गा पालुङवाको रोहबरमा सम्झौता गरिएको हो ।

२० लाख एक हजार बुझाउने सर्तमा लिएको जिम्मेवारी अनुसार पहिलो चरणमा उहाँले ७५ प्रतिशत रकम बुझाएर सम्झौता गर्नुभएको छ ।  लङ्वाले १५ लाख ७ सय ५० रुपैयाँ बुझाउनु भएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभएको छ । बाँकी २५ प्रतिशत रकम अर्थात ५ लाख २ सय ५० रुपैयाँ फाइनल खेल हुनुअघि बुझाउनु पर्ने छ । 

प्रतियोगिताका दर्शकले क्वाटर फाइनलका चार खेलका लागि एक सय, सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनलमा दुई सय ५० रुपैयाँ बुझाएर प्रवेश पाउने छन् । सम्झौतामा लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेन, कोषाध्यक्ष दावा शेर्पा, पूर्व अध्यक्ष नारान थापा लगायतको उपस्थिति रहेको थियो । 

गत वर्ष गोल्ड कपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

 टिकट बिक्रीका लागि स्वयंसेवक परिचालन लगायतको जिम्मेवारी टिकट बिक्रेताको हुनेछ । ताप्लेजुङमा पहिलो पटक आयोजकले टिकट बिक्रीको कार्य ठेक्का प्रकृयाबाट गर्ने भएको हो । 

प्रकाशित मिति : 7:08 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो