ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 



ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी लिएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वाले लिम्बूले आइतबार आयोजकसँग सम्झौता गर्नु भएको छ । फुङलिङ नगरपालिका वडा नं. ४ वडा कार्यालयमा वडाध्यक्ष दुर्गा पालुङवाको रोहबरमा सम्झौता गरिएको हो ।

२० लाख एक हजार बुझाउने सर्तमा लिएको जिम्मेवारी अनुसार पहिलो चरणमा उहाँले ७५ प्रतिशत रकम बुझाएर सम्झौता गर्नुभएको छ ।  लङ्वाले १५ लाख ७ सय ५० रुपैयाँ बुझाउनु भएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभएको छ । बाँकी २५ प्रतिशत रकम अर्थात ५ लाख २ सय ५० रुपैयाँ फाइनल खेल हुनुअघि बुझाउनु पर्ने छ । 

प्रतियोगिताका दर्शकले क्वाटर फाइनलका चार खेलका लागि एक सय, सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनलमा दुई सय ५० रुपैयाँ बुझाएर प्रवेश पाउने छन् । सम्झौतामा लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेन, कोषाध्यक्ष दावा शेर्पा, पूर्व अध्यक्ष नारान थापा लगायतको उपस्थिति रहेको थियो । 

गत वर्ष गोल्ड कपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

 टिकट बिक्रीका लागि स्वयंसेवक परिचालन लगायतको जिम्मेवारी टिकट बिक्रेताको हुनेछ । ताप्लेजुङमा पहिलो पटक आयोजकले टिकट बिक्रीको कार्य ठेक्का प्रकृयाबाट गर्ने भएको हो । 

प्रकाशित मिति : 7:08 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता