ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार



ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार दिने भएको छ ।  सिदिङ्वा गाउँपालिका वाडा नं. ५ लिम्बुदिनले पुरस्कार दिने भएको हो । 

यसरी बनाएर प्रचार गरिएको भिडियो भाद्र २५ गतेभित्र वडा कार्यालयमा पठाउनु पर्नेछ । साउन १२ देखि भाद्र २५ गतेसम्म पठाइएको भिडियोलाई मान्यता दिने वडाध्यक्ष अम्बर बहादुर लिम्बूले जनाएका छन् । लिम्बूका अनुसार भिडियो सृजनात्मक हुनुपर्ने छ ।

सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना अवलोकनका लागि यसवर्ष सयौँको सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटक गइरहेका छन् । यसको अझ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको वडा कार्यालयले जनाएको छ ।

व्यक्तिगत प्रोफाइल, पेज वा ग्रुपको भिडियो प्रतियोगिताका लागि मान्य हुने जनाइएको छ । 

प्रकाशित मिति : 6:57 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन